सुरक्षाको ओत दिने धर्ती भयो भक्तपुर देशभक्तिको पाठशाला भयो भक्तपुर ! जहाँ इमानले भरिएका मजदुर छन् जहाँ अहोरात्र खट्ने किसान छन् देशको सग्लो नमुना नै भयो भक्तपुर मिलिजुलीको जनबस्ती रह्यो भक्तपुर ! जीवन बाँच्ने कलाको ठाउँ चाहिन्छ नैतिक सिद्धान्त पढ्न यहीँ पाइन्छ विकास खोज्नु परे पनि भक्तपुर प्रगतिशीलको स्थाई थलो भक्तपुर ! - नरेन्द्रराज प्रसाईं
Read more
Social Plugin