सुरक्षाको ओत दिने धर्ती भयो भक्तपुर
देशभक्तिको पाठशाला भयो भक्तपुर !
जहाँ इमानले भरिएका मजदुर छन्
जहाँ अहोरात्र खट्ने किसान छन्
देशको सग्लो नमुना नै भयो भक्तपुर
मिलिजुलीको जनबस्ती रह्यो भक्तपुर !
जीवन बाँच्ने कलाको ठाउँ चाहिन्छ
नैतिक सिद्धान्त पढ्न यहीँ पाइन्छ
विकास खोज्नु परे पनि भक्तपुर
प्रगतिशीलको स्थाई थलो भक्तपुर !
- नरेन्द्रराज प्रसाईं
0 Comments