सन्तोष निरा
अङ्ग्रेजीको सूचक शब्द SWOT अथवा SWOC विश्लेषण पद्धति अपनाएर परीक्षार्थीले उत्तर लेखे राम्रो नतिजा ल्याउन सक्छन् । यस पद्धतिले विद्यार्थीको उत्तरलाई व्यवस्थित बनाउँछ । व्यवसाय सञ्चालन तथा कुनै विषयको अध्ययन गर्दाझैँ परीक्षा दिँदा परीक्षार्थीले यो पद्धति अपनाएर तयारी साथै परीक्षाको उत्तर लेखे पक्कै पनि परीक्षार्थी असफल हुने छैनन् ।
खासमा कुनै पनि काम गर्नुपूर्व रचनात्मक विश्लेषण तथा रणनीतिक तयारी गर्ने औजार नै ‘SWOT' अथवा ‘SWOC’ विश्लेषण विधि हो । यसलाई कतिपयले सफलताको ‘सारेगम...’ पनि भन्ने गरेका छन् । यसर्थ जुनसुकै कामको सकारात्मक, नकारात्मक, सम्भावना र चुनौती हुन्छन् । यी विषयहरूलाई स्पष्ट बुझ्न SWOT वा SWOC Analysis ले मद्दत गर्दछ ।
SWOC अथवा SWOT Analysis लाई सामुएल सी सर्टोले रणनीतिक विकासको औजारका रूपमा लिदै आन्तरिक क्षमता र बाह्य चुनौतीबीचको मिलनविन्दु भनेका छन् । यसले पनि के देखाउँछ भने क्षमता, दक्षता वा सीप बाहिरी आवरणमा देखिदैन । यो आन्तरिक हुन्छ जसले गर्दा बाह्य दुर्बलता र चुनौती पत्ता लाउन सकिन्छ । अनि यसको विश्लेषणले अगाडि बढ्न अत्यन्तै महत्वपूर्ण भूमिका खेल्छ ।

परीक्षार्थीले कसरी आफ्नो परीक्षामा SWOT/SWOC विश्लेषण पद्धति अपनाउन सक्छ ? यसको पूर्ण रूप र प्रत्येक शब्दको अर्थलाई केलाएर हेर्दा यसबारे स्पष्ट हुन सकिन्छ ।
S भन्नाले Strength हुन्छ । यसको नेपालीकृत शब्द हो ‘शक्ति’ वा ‘बल’ अथवा भनौँ ‘सबल’ । यसले सकारात्मक पक्षको सङ्केत गर्दछ । यसबाट आफूले गर्न लागेको कामको सकारात्मक पक्षहरू केके छन् भन्ने कुरा बुझ्न सकिन्छ । उक्त काम गर्नलाई आफूसँग कस्तो सीप वा ज्ञान छ भन्ने कुराको स्पष्टता यसको विश्लेषणबाट हुन्छ । परीक्षामा पनि परीक्षार्थीले पहिले आफ्नो विषयवस्तुमाथिको ज्ञानलाई अवलोकन गर्नुपर्छ । त्यस विषयमा आफ्नो दखलता कति छ भनेर आँकलन तथा विश्लेषण गर्नुपर्ने हुन्छ । त्यसपछि उत्तर लेख्दा लेख्दै गरेको प्रश्नको उत्तरका लागि सकारात्मक वा सबल पक्षहरू केके छन् भन्ने कुरालाई अगाडि लेख्नुपर्छ । उत्तर लेख्दा उत्तरको मूल मर्मलाई अगाडिको अनुच्छेद वा पहिलो वाक्यमै लेख्नुलाई परीक्षकहरूले अब्बलता मान्ने गरेका छन् । परीक्षकले कस्तो शब्दको अपेक्षा गरेको हुन्छ ? त्यसलाई ख्यालमा राखेर ‘कि वडर््स’ प्रयोग गरी सुन्दर वाक्य सिर्जना गर्नुपर्छ । यस्ता शब्द र वाक्य पहिलो अनुच्छेदमा सकेसम्म बढी प्रयोग गर्नुपर्छ । यसले परीक्षकमा परीक्षार्थीप्रति सकारात्मक विचार विजारोपण हुन्छ । अनि हरेक अनुच्छेदको पहिलो वाक्यमा पुरै अनुच्छेदको भाव आउने वाक्य लेख्नुपर्छ । यसलाई नै उत्तर लेखनको सबलता मानिन्छ ।
'W' Weakness को संक्षिप्त रुप हो । यसको नेपालीमा ‘दुर्बल’ भन्ने अर्थ लाग्छ । जुनसुकै काम गर्दा त्यसका दुर्गुण पनि हुन्छन् । साथै काम गर्ने आवश्यक क्षमता पनि अभिवृद्धि गर्नुपर्ने अवस्था पनि हुन सक्छ । जसलाई व्यक्तिको दुर्बलता पनि भन्न सकिन्छ । यसले सुधार गर्न प्रेरित गराउँछ । परीक्षाको उत्तर लेखनमा पनि यो लागू हुन्छ । परीक्षार्थीले आफ्नो दुर्बलता अथवा कमजोरी पक्षलाई केलाएर सुधार गर्नुपर्ने आफ्नो ठाउँमा महत्वपर्ण छँदैछ, त्यसका साथै उत्तरमा दुर्बलता पनि हुन्छन् । अर्थात् उत्तरमा देखिने कमजोरीहरू पनि औँल्याउदिन सकिन्छ ।

प्रयुक्त सूचक शब्दको तेस्रो पक्ष हो Opportunity (O) । यसले अवसरहरूलाई जनाउँछ । काम गर्दा त्यसले प्रत्यक्ष अवसर र सम्भावनाहरूको सिर्जना गराउँदछ । यसको विश्लेषण गर्नु सफल व्यक्तिका लागि अपरिहार्य छ । परीक्षामा पनि यसले महत्वपूर्ण स्थान ओगटेको हुन्छ । परीक्षार्थी यसै पनि निश्चित उद्देश्यका साथ परीक्षामा सामेल भएको हुन्छ । उसले भविष्यमा आउने अवसरहरू पक्कै केलाएको हुन्छ । यससँगै परीक्षामा उत्तर लेख्दा पनि यस कुरालाई प्रयोगमा ल्याउन सकिन्छ । उत्तरमा अप्रत्यक्ष रूपमा आफ्नो दाबी अर्थात् उत्तरको मूल मर्मको अवसरलाई प्रष्ट्याउनुपर्छ ।
अन्त्यमा T वा C सूचक रहेको छ । यो Threat अथवा Challenge शब्द हो । प्रयुक्त शब्दलाई नेपालीकृत गर्दा चुनौती भन्ने हुन्छ । जुनसुकै काम गर्दा पनि त्यो काम चुनौतीले पक्कै घेरिएको हुन्छ । ती चुनौती केके हुन् त, थाहा पाउन जरुरी हुन्छ । अनि त्यसको सही विश्लेषणले सही मार्गदर्शन गर्न सक्छ र चुनौतीको सामना गर्न सकिन्छ । परीक्षार्थीले विभिन्न चुनौतीहरू जस्तै; समय व्यवस्थापन, डटपेन सकिने, परीक्षा गार्ड लगायतका बाह्य चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ । त्यससँगै आन्तरिक चुनौतीहरू पनि हुन सक्छन् । जस्तै; उत्तर लेख्दा अक्षर स्पष्ट नहुने, हातमा पसिना आउने, उत्तरमै पनि अप्रत्यक्ष चुनौतीहरू हुन सक्छन् । तिनीहरूको व्यवस्थापन सहित उत्तर लेख्नु नै परीक्षार्थीको अब्बलता हो । त्यसैले यसको सूक्ष्म विश्लेषण जरुरी हुन्छ ।

वास्तमा SWOT/SWOC Analysis ले सही र गलत छुट्याउन मद्दत गर्दछ । सही र गलत छुट्याएपछि सही मार्गदर्शन पहिल्याउन सकिन्छ । त्यसैले यो रणनीतिक औजारको प्रयोग जीवनका अनेक पाटाहरूमा आवश्यक छ, जसले जीवनको मार्गदर्शन पहिल्याउन सहज तुल्याउँछ । र उपयुक्त समयमा सही निर्णय लिन सकिन्छ ।

0 Comments