Advertisement

Main Ad

'मुन्धुम परम विज्ञान' विमोचित

 


 

ललितपुर । थाङसाङ लाओती 'महामूर्ख'कृत 'मुन्धुम परम विज्ञान'को विमोचन समारोह किराँत याक्थुङ चुम्लुङको केन्द्रीय कार्यालय, शोभाहिटीमा सम्पन्न भएको छ।  

लेखक युग पाठकको प्रमुख आतिथ्य र किराँत याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष योगराज वनेमको विशेष आतिथ्यमा आयोजित किताब सार्वजनिकीकरण कार्यक्रममा त्रिवि केन्द्रीय जनसंख्या विभागका सहप्राध्यापक बालकृष्ण माबोहाङ, त्रिवि सानोठिमी क्याम्पस अंग्रेजी विभागका उपप्राध्यापक अमर तुम्याहाङ, मुन्धुम अध्येता डीबी आङबुङ र अध्येता टंक सेलिङले किताबको समिक्षा गरेका थिए।

कार्यक्रममा मुन्धुमविद डा. चन्द्रकुमार शेर्मा, राजनीतिज्ञ खगेन्द्र माखिम, संस्कृतिकर्मी गोबिन्द आङबुङ, लेखक बिमल तुम्खेवा, सामाजिक अभियन्ता पदम चेन्जी माबो  र लेखक सागर केरुङले किताबका लेखकलाई शुभकामना दिएका थिए।  

कार्यक्रम याक्थुङ लेखक संघ, उपत्यका समितिले आयोजना गरेको हो।

Post a Comment

0 Comments